सोमबार, कार्तिक ५, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: ०८:३६ |सिड्नीको समय: ०६:३६ |काठमाडौंको समय: ०१:२१

नेप्लिज एसोसिएसन अफ् क्विन्स्ल्याण्डको कार्यक्रममा गुन्जिए रामकृष्ण

एएनजेड खबरअक्टोबर ७, २०२४

सिड्नी । नेप्लिज एसोसिएसन अफ् क्विन्स्ल्याण्डको आयोजनामा ब्रिस्बेनको रक्लीमा आयोजित दशै तिहार शुभकामना सांझ सफलताका साथ सम्पन्न भएको छ ।

सामाजिक सदभाव बढाउने उद्देश्यले आयोजित खेलकुद र मेलापछि सांझ पुरस्कार, सांस्कृतिक कार्यक्रम र नेपालबाट आएका कलाकार रामकृष्ण ढकालको प्रस्तुति रहेको थियो । कार्यक्रममा रक्लीको सामुदायिक हलमा स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेप्लिज एसोसिएसनअफ् क्विन्स्ल्याण्डका पूर्वअध्यक्ष डा.राजन कोइरालाले दश बर्षमा उत्साहजनक उपस्थिति भएको बताए । कार्यक्रमको उत्तरार्धमा स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । त्यसपछि ढकालको प्रस्तुता रहेको थियो । ढकालले आफ्ना एक दर्जन कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।

तपाइँको प्रतिक्रिया