ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गर्ने स्मार्टफोन ट्राफिक प्रहरीलाई
काठमाडौं । नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई उक्त फोन हस्तान्तरण गरिएको हो ।
यो व्यवस्था लागू भएसँगै सवारी चालकले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाए पुग्ने बताइएको छ । सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई १०४ थान डिभाइस उपलब्ध गराइएको छ । नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरले देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने बताए । “पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोनको आवश्यकता छ भने तत्कालको लागि एक हजार फोन चाहिन्छ,” कुँवरले भने ।
यस डिभाइसको सहायताले ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्छन् । कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्न सकिने बताइएको छ । र, त्यसको मेसेज चालकको मोबाइलमा पुग्छ ।
सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई १०४ थान डिभाइस उपलब्ध गराइएको छ । नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरले देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने बताए । “पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोनको आवश्यकता छ भने तत्कालको लागि एक हजार फोन चाहिन्छ,” कुँवरले भने ।
यस डिभाइसको सहायताले ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्छन् । कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्न सकिने बताइएको छ । र, त्यसको मेसेज चालकको मोबाइलमा पुग्छ ।
अब ट्राफिक प्रहरीले यसको ओरियन्टसेन ट्रेनिङ कार्यक्रम गरेर यथाशीघ्र सेवा सञ्चालनमा ल्याउने बताइएको छ । यसपछि डिजिटल सवारी चालक अनुमतिपत्रको व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ ।
स्मार्टफोन हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाल प्रहरीका एआईजीद्वय किरण बज्राचार्य र रामदत्त जोशी, डीआईजीद्वय दानबहादुर कार्की र भरतबहादुर बोहोरा, प्रधानमन्त्रीका आईटीविज्ञ अस्गर अली लगायतको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रिया