अष्ट्रेलिया विश्वकै उत्कृष्ट देशको सूचीमा समेटियो
काठमाडौं । अष्ट्रेलिया विश्वकै उत्कृष्ट देशको सूचीमा समेटिएको छ । ‘युएस न्युज कन्ट्री र्याङकिङ’ मा अष्ट्रेलिया पाँचौ नम्बरमा छ ।
टपटेनको सूची सार्वजनिक गर्दा एक नम्बरमा स्विट्जरल्याण्ड छ भने जापान दोस्रो नम्बरमा छ । अमेरिका तेस्रो, क्यानाडा चौथो हुँदा अष्ट्रेलिया पाँचौ नम्बरमा परेको छ ।
२०२४ का लागि अद्यावधिक गरिएको ‘युएस न्युज कन्ट्री र्याङकिङ’ मा अष्ट्रेलियाले यस्तो स्थान हासिल गरेको हो। पहिलो नम्बरमा रहेको स्विट्जरल्याण्डले १०० नम्बर पाउँदा अष्ट्रेलियाले ९२.२ स्थान हासिल गरेको हो ।
जीवनको गुणस्तर, उद्यमशीलता, सामाजिक उद्देश्य लगायत मापदण्डका आधारमा यस्तो मूल्याङ्कन गरिएको हो।
युएस न्युजको र्याङकिङले सम्बन्धित देशका नागरिकको सर्वेक्षण र प्रतिक्रियालगायत आधारमा मूल्यांकन गरेको हो। त्यस क्रममा हरेक देशको विभिन्न ७३ वटा विशेषताहरुको मूल्याङ्कन गरिन्छ ।
सर्वेक्षणमा उत्तरदाताहरुले देशलाई कति हदसम्म फरक, गतिशील र अद्वितीय रुपमा हेर्छन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ । जीवनको गुणस्तर, किफायती रोजगारी बजार, आर्थिक स्थिरता, परिवारमैत्री अवस्था, आयको समानता, राजनीतिक स्थिरता, सुरक्षा, शिक्षा प्रणालीको अवस्था र स्वास्थ्य प्रणालीको अवस्था मूल्याकंन गरिन्छ ।
त्यस्तै सामाजिक उद्देश्य, व्यावसाय, सांस्कृतिक प्रभाव, साहसिक कार्य, शक्ति र सम्पदालाई पनि मूल्यांकनको आधारहरुमा समेटन गरिन्छ ।
तपाइँको प्रतिक्रिया