शनिबार, मंसिर ८, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ०४:५८ |सिड्नीको समय: ०२:५८ |काठमाडौंको समय: २१:४३

प्रवासमा बस्ने नेपालीहरुले आफ्नो पहिचान विर्सन हुँदैन: किरण पौडेल

एएनजेड खबरसेप्टेम्बर २६, २०२४

सिड्नी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले प्रवासमा बस्ने नेपालीहरुले आफ्नो पहिचान नबिर्सन आग्रह गरेका छन् ।

अष्ट्रेलिया भ्रमणमा रहेका पौडेलले नेपालमा भएको जग्गा जमीन नबेच्न आग्रह गर्दै मातृभूमीप्रति प्रेम कायम राख्न आग्रह गरे । उनले भने,‘नेपालमा भएको जग्गाजमीन कसैलाई कमाउन दिनुहोला । घर संरक्षण गर्नुहोला तर बेच्ने काम नगर्नुहोला ।’

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशिएका नेपालीहरुले आफ्नो पहिचान विर्सने खतरा रहेको उल्लेख गर्दै मातृभूमीमा रहेको जायजेथा जोगाएर राख्न र भावी पुस्तालाई मातृभूमीप्रति आकर्षित गराउन सम्पत्तिको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

विभागीय प्रमुखको जिम्मेवारी पाएपछि जनसम्पर्क समितिको अधिवेशन गराउने दिशामा आफू अघि बढेको पनि बताए । उनले भने,‘जनसम्पर्क समितिहरुको अधिवेशनका सवालमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ । सोही निर्णयलाई आधार मानेर अधिवेशन गराउनेतर्फ सबै देशका जनसम्पर्क समितिका साथीहरु अघि बढ्नुपर्छ ।’

तपाइँको प्रतिक्रिया