आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:२५ |सिड्नीको समय: १५:२५ |काठमाडौंको समय: ११:१०

जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल यूथ नेटवर्कको अध्यक्षमा अष्ट्रेलियाका मदनराज पौडेल

एएनजेड खबरसेप्टेम्बर २२, २०२४

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत विश्व युवा संजाल (ग्लोबल युथ नेटवर्क) को घोषणा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको हो। समितिमा ३० भन्दा बढी देशबाट जुझारु र जोशिला युवाहरू जोडिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिले नेपालमा स्वास्थ्य प्राविधिकहरूको एकदमै आवश्यकता रहेको बताए । उनले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउँदै एकद्वार प्रणाली बनाएर लागू गर्ने सरकारको योजना रहेको बताउंदै गाउँबाट बिरामी लिएर एकै पटक काठमाडौँ आउने प्रचलनलाई निरुत्साहित गर्दै ‘रिफर प्रणाली’ लाई प्रभावकारी बनाउन सरकार लागि परेको जनाए । रोग लाग्नु भन्दा अगाडी नै रोकथामको लागि जनचेतना जगाउनु पर्ने भन्दै मन्त्री पौडेलले औषधिको मूल्य समायोजन गर्ने काममा सरकार लागि रहेको जानकारी दिए ।

उनले नवगठित ग्लोबल युथ नेटवर्कका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई दिंदै छोटो समयमै तीव्र गतिमा संसारभर विस्तार भै रहेको जय नेपाल इन्टरनेशनल फाउन्डेशनलाई विदेशमा रहेका नेपालीहरूसँग रहेको सीप, श्रोत र अनुभव नेपालको हितमा प्रयोग गर्न सफलता मिलोस् भन्ने शुभकामना दिए। उनले फाउन्डेशनसंग सहकार्य गर्न सरकार तत्पर रहेको पनि बताए।

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले यो संस्था सबै संस्थाको सहयोगी संस्था भएको बताए । उनले सकभर नेपालमै युवाहरूलाई रोक्ने,विदेशमा रहेका युवाहरूको सीप नेपालसँग जोड्ने साथै प्रजातान्त्रिक मूल्य मान्यता प्रति आस्थावान वैचारिक रुपमा असल नागरिक तथा सकारात्मक व्यक्ति निर्माण गर्न आफूहरूले प्रयास गरिरहेको जनाए । उनले संस्थाको आजीवन तथा साधारण सदस्यता लिन पनि सबैलाई अनुरोध गरे ।

जय नेपाल इन्टर नेशनल फाउन्डेसन ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले नेपालको विकासका लागि ज्ञान आदानप्रदान गर्न संस्था सदैव तयार रहेको जानकारी गराए । कार्यक्रमको पहिलो चरणमा केन्द्रका महासचिव अग्नि चौंलागाईले संचालन गरी दोस्रो चरणमा युवा समितिका महासचिव नवराज न्यौपानेलाई हस्तान्तरण गरेका थिए। एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष तथा विश्व युवा संजालका केन्द्रीय सदस्य अनुप खनालले नेटवर्क गठन गर्नुको उद्देश्यबारे प्रस्ट पारेका थिए ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्र. काफ्लेले सबै अतिथिहरूलाई स्वागत गरेका थिए भने नव निर्वाचित कार्यसमितिको तर्फबाट केन्द्रीय सदस्य सिजन दाहालले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, पूर्व सांसद बिजुला बर्मा राना, कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्षहरू डा केशव पौडेल, बुद्धि सागर सुबेदी, पूर्व उपाध्यक्ष दिलु पराजुली, महासचिव रामहरि अधिकारी, वर्तमान तथा पूर्व कार्यसमितिका सदस्यहरू, गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा लगायतको उपस्थिति थियो।

ग्लोबल युथ नेटवर्क गठन

मदन राज पौडेल (अष्ट्रेलिया) को अध्यक्षतामा गठित ग्लोबल युथ नेटवर्कमा नवराज न्यौपाने (अमेरिका) महासचिव छन् । त्यस्तै सदस्यहरुमा अनुप खनाल (अमेरिका), बिमला सापकोटा (क्यानडा), सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका), विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान), विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम), आविष्कार बास्तोला (नर्वे), वैकुण्ठ सिग्देल (अष्ट्रेलिया), बालकृष्ण दाहाल (बेलायत), बलराम तामाङ (चीन), विद्या बराल (नेपाल), विनय अधिकारी (स्पेन), विनोद बास्तोला ( दक्षिण कोरिया), विनोद गुरुङ (क्यानडा), दिपजंग शाही ठकुरी (कतार), दीपेश राज घिमिरे (चीन), हरि बिसी (माल्टा), हरि खड्का (युएई), होमनाथ गिरी (कुवेत), कृष्ण गिरी (डेनमार्क), लाल प्रसाद पाण्डे (भारत), मनीषा रानाभाट (नेपाल), नवीन कटुवाल (नेपाल), नारायण भण्डारी (क्याम्बोडिया), निश्चल चापागाईँ (अमेरिका), फुर्बा तामाङ (डेनमार्क), प्रशान्त गुरुङ (हंगकंग), पुष्पराज सुवेदी (अमेरिका), रंजन राज कुँवर (दक्षिण कोरिया), रवि अर्याल (आयरल्यान्ड), सुलभ हमाल ठकुरी (न्यु जिल्यान्ड), सुरेश राज त्रिपाठी (साउदी अरेबिया), सुस्विन वाग्ले (अष्ट्रेलिया), सुशील पोखरेल (फिनल्यान्ड), साइमोन मुडभरि (अष्ट्रेलिया), उज्ज्वल बज्राचार्य (नेपाल), उपेन पौडेल (बेलायत), युवराज उप्रेती (मकाउ) र रिता शाही (नेपाल) छन् ।

तपाइँको प्रतिक्रिया