बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:०३ |सिड्नीको समय: ०२:०३ |काठमाडौंको समय: २१:४८

अस्ट्रेलियाको न्यू साउथ वेल्समा घरेलु तथा पारिवारिक हिंसा उच्च

एएनजेड खबरसेप्टेम्बर १८, २०२४

एजेन्सी । अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाका घटना बढेको देखिएको छ । जसमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स(एनएसडब्लु)मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको अध्ययनले देखाएको छ ।

वेल्समा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको सरकारी अध्ययनले देखाएको हो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी) द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइयो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अस्ट्रेलियामा चारमध्ये एक महिला र १४ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि नै घनिष्ठ साथीबाट हिंसाको अनुभव गरेका छन् ।

तपाइँको प्रतिक्रिया