शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ११:४९ |सिड्नीको समय: ०९:४९ |काठमाडौंको समय: ०५:३४

नेपाल फेस्टिभलका लागि अष्ट्रेलियाको पर्थ पुग्न थाले पाहुनाहरु

एएनजेड खबरसेप्टेम्बर १४, २०२४

सिड्नी । अष्ट्रेलियाको पर्थमा आयोजना हुने नेपाल फेस्टिभलका लागि पर्थमा पाहुनाहरुको उपस्थिति वाक्लिएको छ । फेस्टिभलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन एवम गाला डिनर कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति थियो ।

एनआरएनएका अध्यक्ष डा.बद्री केसीसहितका अभियन्ताहरु डिनरमा सहभागी भए । ख्यातीप्राप्त कलाकारहरु पनि फेस्टिभलका लागि पर्थ पुगिरहेका छन् । अन्य सहरहरुबाट पनि समूदायका अगुवाहरु पर्थमा जम्मा भइरहेका छन् । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाको आयोजनामा हुेन फेस्टिभलको तयारी लगभग सकिएको जनाइएको छ ।

नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि हुने फेस्टिवल हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ । फेस्टिभललाई सफल बनाउन नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु क्रियाशील छन् ।

सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रासहित सुरु हुने फेस्टिभल राति ९ बजे आतिशबाजीका साथ सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । फस्टिभलमा १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया