बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:०७ |सिड्नीको समय: ०२:०७ |काठमाडौंको समय: २१:५२

मेलबर्नमा युद्ध विरोधी प्रदर्शनमा झडप

एएनजेड खबरसेप्टेम्बर १३, २०२४

एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् ।

अष्ट्रेलियाको दोस्रो ठूलो सहरमा ‘सैन्य एक्स्पो’ कार्यक्रमलाई लक्षित गर्दै केही प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि प्रहरीले पनि अश्रु ग्यास, पानीको फोहोरालगायको बल प्रयोग गरेको थियो ।

हिंसात्मक प्रदर्शनमा उत्रिएका दर्जनौंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली जनतालाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार रहेपनि हिंसाको निन्दा गरेका छन् ।

‘ल्याण्ड फोर्स इन्टरनेशनल ल्यान्ड डिफेन्स एक्स्पोजिसन’ नाम दिइएको सैन्य प्रदर्शनीलाई लक्षित गरि मेलबर्नमा युद्धविरोधी प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा करिब एक हजार दुई सय व्यक्तिले भाग लिएका अधिकारीहरूले जनाएका छन् । प्रदर्शनकारीहरुले प्यालेस्टाइनको समर्थनमा नाराबाजी समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया