मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१९ |सिड्नीको समय: ०५:१९ |काठमाडौंको समय: ०१:०४

व्यवसायी “राजमान थकाली”को सिड्नीमा निधन

एएनजेड खबरसेप्टेम्बर ८, २०२४


सिड्नीलाई कर्मथलो बनाउदै आएका व्यवसायी राजमान थकालीको निधन भएको छ ।

लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार राति निधन भएको परिवारका एक सदस्यले जानकारी दिए । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् ।
सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका राजमान थकाली यहाँको नेपाली समाजका चिरपरिचित सामाजिक व्यक्तित्व हुन् ।
खेलकुदले नेपाली समाजलाई एकाकार बनाउने थकालीको योगदान आफैंमा महत्वपूर्ण छ।

मुग्लान रेष्टुरेन्टका सन्चालक, सहारा क्लव अष्ट्रेलियाका संस्थापक, शैक्षिक व्यवसायी एवं सामाजिक अभियन्ता थकालीको निधनको खवरले सिड्नीको नेपाली समाज बिक्षिप्त बनेको छ ।

तपाइँको प्रतिक्रिया