मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१९ |सिड्नीको समय: ०५:१९ |काठमाडौंको समय: ०१:०४

कांग्रेसको नयाँ निर्णयले जनसम्पर्क समितिहरुलाई चलायमान र व्यवस्थित बनाउनेछ : किरण पौडेल

एएनजेड खबरसेप्टेम्बर ४, २०२४

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समिति बिभाग प्रमुख किरण पौडेलले पार्टीको नयाँ निर्णयले प्रवासस्थित नेपाली जनसम्पर्क समितिहरुलाई थप चलायमान र व्यवस्थित गर्न सहज भएको प्रतिक्रिया दिएका छन् ।

उनले बषौंसम्म अधिवेशन नगर्ने विदेशस्थित जनसम्पर्क समितिहरुको ६ महिनाभित्र अधिवेशन सुरु गर्ने र सबै जनसम्पर्क समितिहरुको अधिवेशन पुरा गर्नेमा आफू विश्सस्त रहेको बताए ।

कांग्रेस केन्द्रीय समितिको बैठकले बिदेशस्थित जनसम्पर्क समितिबाट छनौंट भएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरु निलम्बन भएको निर्णय गरेको थियो । उक्त निर्णयले अन्यौलता जन्माएको भन्ने किसिमका प्रतिक्रियाहरु आएपछि उनले नयाँ निर्णयले कुनै समस्या नगराएको तर व्यवस्थित बनाउन खोजेको बताए ।

‘जनसम्पर्क समितिको अध्यक्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यमध्येबाट हुने भन्ने व्यवस्थाको ठाउँमा जनसम्पर्क समितिका क्रियाशील सदस्य र जनसम्पर्क समितिका सदस्यबाट हुनेछ भन्ने व्यवस्था हो । अध्यक्षलाई पनि पदाधिकारी सदस्यजस्तो खुला मात्र गरिएको हो । यसमा कुनै अन्योलता छैन्,’ उनले भने,‘अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधिको व्यवस्था हटाइएको छ । अध्यक्ष बन्नलाई पहिले नेपाली नागरिक अनिवार्य थियो त्यो हटाइएको छ । महाधिवेशन प्रतिनिधि बन्नलाई नेपाली नागरिक अनिवार्य हुनुपर्नेछ ।’

पौडेलले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निलम्बन छिटै फुकुवा हुने बताउँदै जनसम्पर्क समितिलाई बन्देज लगाउन, निस्कृय बनाउन या रोक्न नखोजिएको भन्दै त्यो निलम्बन फुकुवा हुने स्पष्ट पारेका छन् ।

उनले जनसम्पर्क समितिलाई विश्वस्तरीय बनाउन एवम समितिलाई महादेशहरुमा समिति र विश्व स्तरको समिति बनाउने योजनामा रहेको पनि सुनाए । विदेशबाट छनौंट हुने महाधिवेशन प्रतिनिध र महासमिति सदस्यहरु नेपाली नागरिकनै हुनुपर्ने तर जनसम्पर्क समितिको सदस्य मात्रै भएर कांग्रेसको संगठनभित्र आवद्ध हुन पाउनेगरी पार्टी नयाँ ढंगले अघि बढेको स्पष्ट पारे । उनले जनसम्पर्क समितिहरुको अधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण विदेशस्थित शाखाहरुलाई आग्रह पनि गरेका छन् ।

तपाइँको प्रतिक्रिया