मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१९ |सिड्नीको समय: ०५:१९ |काठमाडौंको समय: ०१:०४

तीजको दिन बरउड पार्कमा भब्य तीज महोत्सवको तयारी, आतिसबाजी पनि गरिने

एएनजेड खबरसेप्टेम्बर ४, २०२४

सिड्नी ।‘सकारात्मक उर्जा बोकी समुहमा जुटौं, सिड्नीमा हुने नेपालीहरु कोही नछुटौं’ नारासहित सिड्नीको वरउड पार्कमा ऐतिहासिक तीज महोत्सव हुने भएको छ । नेपाली हिन्दु समाज अष्ट्रेलियाले शुक्रबार ६ सेप्टेम्बर भब्य मेलाको आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले जनाएकी छन् । अध्यक्ष वस्ताकोटीका अनुसार बिहान ८ बजेदेखी राती ८ बजेसम्म विभिन्न सांगीतिक गतिविधि, पूजा आराधना गरी तीज महोत्सव गर्न लागिएको हो ।

तीज महोत्सव कार्यक्रमकी संयोजक उषाकिरण बारिया पोखरेलले कार्यक्रम भव्य हुनेमा आफु निश्चित रहेको बताएकी छिन् । कार्यक्रममा नेपालवाटै आएकी चर्चित गायिका सिन्धु मल्ल मुख्य आकर्षणका रूपमा रहनेछिन् भने रुविना अधिकारी, स्वस्तिका ढकाल लगायतका कलाकारको प्रस्तुति रहनेछन् । शिव आराधना चल्दै गर्दा दिउसो १ बजेदेखी तीज बिशेष सांस्कृतिक कार्यक्रम पनि सन्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रमस्थलमा नेपालका विभिन्न समुदायमा हुने शाकाहारी परिकारहरु, आकर्षक उपहारसहित लक्कि ड्र एवं साँझमा जयकारा सहित फायरवर्क्स आतिशवाजी समेत गर्ने योजना छ । शिवपूजा विहान ९ बजेपछि सुरु हुने र गौदान, रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती, विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी महोत्सव समापन हुनेछ ।

महोत्सवमा मूर्ति प्रतिस्पथापन गरी पूजा गर्ने अवसर प्रदान गरिने एवम पूजाको सामग्रीहरु पनि पार्कमा उपलब्ध गराइने भएको छ ।

तपाइँको प्रतिक्रिया