मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:०५ |सिड्नीको समय: ०५:०५ |काठमाडौंको समय: ००:५०

क्यानाडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि नयाँ नियम लागू

एएनजेड खबरसेप्टेम्बर ३, २०२४

क्यानाडा । क्यानाडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि नयाँ नियम लागू भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्याम्पस बाहिर साताको २४ घण्टा मात्रै काम गर्न पाउने नियम लागू भएको हो ।

क्यानाडामा कोरोना महामारी अघि विद्यार्थीले क्याम्पस बाहिर साताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो। तर, कोरोना महामारीका बेला कामदारको अभाव पूर्ति गर्न सरकारले विद्यार्थीले काम गर्न पाउने न्युनतम सीमा हटाइएको थियो।

पछिल्ला दिनमा बेरोजगारी दर बढेको लगायतका कारणहरूले क्यानाडा सरकारले पहिले परिवर्तन गरेका विद्यार्थीअनुकुल नीतिमा कडाई गर्न थालेको छ।

अनगिन्ती समय काम गर्न पाउने नीति गत अप्रिल ३० देखि सकिएको थियो। त्यहि बेला सेप्टेम्बर १ देखि विदेशी विद्यार्थीले साताको २४ घण्टा मात्रै काम गर्न पाउने नीति पनि घोषणा गरिको थियो।

अध्यागमन मन्त्री मार्क मिलरले केहि समय अघि नयाँ नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई काम गर्ने विकल्पको सुविधाका साथसाथै पढाइमा ध्यान केन्द्रित गर्ने कुरा पनि सुनिश्चित गर्ने बताएका छन्।

तपाइँको प्रतिक्रिया