मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:०७ |सिड्नीको समय: ०५:०७ |काठमाडौंको समय: ००:५२

नेपाली युवाको रोजाइमा युरोप, व्यक्तिगत रूपमा जानेको सङ्ख्या ८० प्रतिशत

एएनजेड खबरसेप्टेम्बर १, २०२४

काठमाडौं । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गत आर्थिक वर्ष २०८०।८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइब्रेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आवमा सात लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामध्ये ६६ हजारभन्दा बढी युवा युरोप गएका छन् । जब कि अघिल्लो आव २०७९।८० मा झन्डै ५० हजार युवा युरोप गएका थिए । गत आव २०८०।८१ र त्यसको अघिल्लो आवमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गर्दा आव २०७९।८० मा वैदेशिक रोजगारीमा जाने सङ्ख्या धेरै थियो । त्यसमध्ये गत आव युरोप जानेको सङ्ख्या बढी थियो ।

युरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका १०/१२ देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च रहेको छ । विभागका अनुसार गत आवमा युरोपका १०/१२ देशमा ६६ हजारभन्दा बढी युवा गएका छन् । त्यसमध्ये व्यक्तिगत रूपमा जानेको सङ्ख्या ८० प्रतिशत रहेका छन् ।

नेपाल सरकारले युरोपमा रोजगारीका लागि सहजीकरण नगर्दा व्यक्ति तथा कन्सल्टेन्सीबाट जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

तपाइँको प्रतिक्रिया