शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ११:५१ |सिड्नीको समय: ०९:५१ |काठमाडौंको समय: ०५:३६

लायन्स क्लब अफ काठमाडौंको शिविरमा एकसय जनाको आँखा जाँच

एएनजेड खबरअगस्ट २२, २०२४

काठमाडौं । लायन्स क्लब अफ काठमाडौंले ‘लायन्स/लियो परिचयात्मक र नेतृत्व विकास कार्यक्रम’ निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ ।

बुधबार कोटेश्वरमा आयोजित कार्यक्रममा एकसय जनाले आँखा जाँच गराएका थिए । ग्रामर स्कुल एवम कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक, पूर्वगभर्नर एवम लियो एडभाइजर लायन एमडी अग्रवालले लियो क्लबका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका पूर्वअध्यक्ष एवम डिष्ट्रिक ३२५डिका एडिस्नल सेक्रेटरी नरेश खड्काले क्लबले विभिन्न समय र स्थानमा निशुल्क आँखा जाँच, रक्तदान, मधुमेय परीक्षण, एनिमल फिडिङ, चाइल्डहुड क्यान्सर अवार्नेस प्रोगाम, विपत व्यवस्थाप जस्ताका कार्यक्रहरु क्लबको प्राथमिकतामा पर्ने गरेको बताए ।

क्लबका बर्तमान अध्यक्ष एवम ट्रेनर गोविन्द प्रसाद गौतमले नेतृत्व विकासको आवश्यक्ता र महत्वका बारेमा धारणा राखे । ८५ जनाको सहभागिता रहेको कार्यक्रममा विद्यालयका अध्यक्ष जय कुमार राईले आँखा शिविरले पारेको प्रभावका बारेमा धारणा राखे ।

क्लबका जोइन्ट सेक्रेटरी लायन फुरी ग्याल्जेन शेर्पाले स्वागत गरेको कार्यक्रममा लायन्स क्लब अफ गोल्डेन ड्रिम्स दमकका संस्थापक अध्यक्ष लायन गंगा श्रेष्ठले धन्यवाद व्यक्त गरे । कार्यक्रमको संचालन एवम सहजीकरण भने क्लबकी सेक्रेटरी अपार खड्काले गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया