मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१० |सिड्नीको समय: ०५:१० |काठमाडौंको समय: ००:५५

‘नेक्सस’ले बनायो सामसुङको ‘एस सिरिज’मा सय प्लसको रेकर्ड

एएनजेड खबरअगस्ट २१, २०२४

काठमाडौंं । काठमाडौंको चाबहिलमा रहेको नेक्सस मोबाइल सपले सामसुङ ब्राण्डको ‘एस सिरिज’ मा सय प्लसको रेकर्ड बनाएको छ ।

एक सय भन्दा बढी ‘एस सिरिज’ का मोबाइल विक्री गरेको भन्दै सामसुङले हाइएस्ट सेल्सको सम्मान स्वरुप मंगलबार नेक्ससमा आयोजित एक कार्यक्रममा केक काट्दै सेलिब्रेट गरेको हो । सामसुङका एस सिरिजका फ्लासिभ मोडलका मोबाइलहरु एक लाख भन्दा बढी मूल्य पर्छ ।

सामसुङ मोबाइलका जिएम प्रणयरत्न स्थापितले नेक्ससले सामसुङको मोबाइल व्यापारमा थप रेकर्ड बनाएकाले सेलिब्रेट गरिएको बताए । ‘नेक्ससले सामसुङको मोबाइल व्यापारमा सय प्लसको रेकर्ड बनाएकाले सेलिब्रेट गरेका हौं,’ स्थापितले भने ।

सामसुङ मोबाइलको आधिकारिक इम्पोर्टर इन्टिग्रेटेड मोबिलिटी सोलुसनका सिइओ दिकेश मलहोत्राले मोबाइलको गुणस्तरमा आम उपभोक्ताको रुची बढेको पाइएको र गुणस्तरीय मोबाइलले बजार पाएको बताए ।

नेक्सस मोबाइलका प्रमुख शोभित प्रसाइले ग्राहकको शून्य व्याजदरमा गुणस्तरीय मोबाइल प्राप्त गर्ने चाहनालाई आफूले साथ दिएको बताए ।

कार्यक्रममा आइएमएसका गोविन्द पोखरेल, प्रसान्त दाहाल, वीरबल गुरुङ, आरडी राम श्रेष्ठसहित टिकटक मोडल आभा थापा लगायतको सहभागिता थियो । नेक्सस मोबाइलले बिगत २० वर्षदेखि गुणस्तरीय मोबाइल बिक्री गर्दै आइरहेको छ।

तपाइँको प्रतिक्रिया