मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:२२ |सिड्नीको समय: ०५:२२ |काठमाडौंको समय: ०१:०७

अष्ट्रेलियामा बेपत्ता काभ्रेका सुभाष बोलखे मृत अवस्थामा भेटिए

एएनजेड खबरअगस्ट १८, २०२४

काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि हराइरहेका काभ्रेका सुभाष बोलखेको शव सिड्नीको साङसुसी क्षेत्रको समुद्री तटमा भेटिएको छ ।

क्यानबेरास्थित नेपाली दूताबासका अनुसार बोलखेको शव भेटिएको पुष्टि प्रहरीले गरिसकेको छ । एनएसडब्लु प्रहरीले बोलखेको सश फेला परेको क्यानबेरा स्थित नेपाली राजदूतावासलाई जानकारी दिएको राजदूतावासका काउन्सिलर कुलबहादुर मगरले बताएका छन् ।

उनी घरमै मोबाइल र अन्य कागजात छाडेर बेपत्ता थिए । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो ।

१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि आएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एकजना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्कविहीन भएका थिए ।

२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको थियो । काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख महेश खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया