बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:११ |सिड्नीको समय: ०२:११ |काठमाडौंको समय: २१:५६

अस्ट्रेलियामा ६० हजार अन्तर्राष्ट्रिय विद्यार्थीको आवेदन अस्वीकृत, चार अर्ब घाटा

एएनजेड खबरअगस्ट १४, २०२४

सिड्नी । अष्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रवन्धमा कडाई गरेसँगै भिषा अस्वीकृत हुनेको संख्या उल्लेख्य देखिएको छ ।

पछिल्लो नौ महिनामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिएका करिब ६० हजार अन्तर्राष्ट्रिय विद्यार्थीको आवेदन अस्वीकृत गरेको तथ्यांक सार्वजनिक भएको छ ।

गत डिसेम्बरमा नयाँ आप्रवासीको संख्या घटाउने भन्दै सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण कठिनाईपूर्ण प्रावधानहरु पूरा गर्न नसक्दा साविकको भन्दा ६० हजार कम भिषा जारी भएको जनाइएको छ ।

युर्निभसिर्टीस् अस्ट्रेलियाका कार्यकारी अधिकृत लुके सेहीले कडा प्रावधान र सुस्ता भिसा प्रक्रियाका कारण विगतको बर्षभन्दा ६० हजार कम विद्यार्थीले अस्ट्रेलिया प्रवेश पाएको भन्दै यसले अस्ट्रेलियाको अर्थतन्त्रमा ठुलो धक्का पुगेको बताएका छन् ।

अष्ट्रेलियाले विद्यार्थी भिसा साविक ७१० डलरबाट बढाएर १६ सय अष्ट्रेलियन डलर पुर्याइसकेको छ। पहिलेको तुलनामा यो शुल्क १२५ प्रतिशतले बढी हो। नयाँ आर्थिक बर्षसग शुल्क बृद्धि गरेको हो । तर भिसा आवेदन अस्वीकृत हुँदा अर्थतन्त्रमा पनि धक्का पुगेको हो ।

यसअघि सरकारले सबै किमिमका भिसामा शुल्क बढाएको थियो । टेम्पोरेरी ग्राजुयट भिसामा एक हजार ९४५ तोकिएको छ । स्किल इन्डिपेन्डेड , स्किल नोमिनेसन, स्किल वर्क रिजनल भिसामा चार हजार ६४० अष्ट्रेलियन डलर शुल्क तोकिएको छ ।

अष्ट्रेलियाको अध्यागमन विभागले घोषणा गरेको नीति गत वर्ष जारी गरिएको माइग्रेसन रणनीतिको कार्यान्वयनमा ल्याउन थालेसँगै शुल्क पनि बढाइएको हो । तर अन्तर्राष्ट्रिय विद्यार्थी कम हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १४ हजारले जागिर गुमाएका छन् भने चार अर्ब भन्दा बढी आर्थिक घाटा भएको छ ।

तपाइँको प्रतिक्रिया