बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४० |सिड्नीको समय: ०२:४० |काठमाडौंको समय: २२:२५

राष्ट्रिय ध्वजावहाक जहाजलाई गर्व गर्न लायक बनाउने अभियानमा मन्त्री पाण्डे

एएनजेड खबरअगस्ट १०, २०२४

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमको सुधारबारे नेपाल वायु सेवा निगमका पदाधिकारीसँग छलफल गरेका छन् ।

शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावहाक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिएका हुन् । छलफलका क्रममा मन्त्री पाण्डेले भने,‘राष्ट्रिय ध्वजा वहाक विमान आम नेपाली जनताको गर्व गर्न लायक सम्पति बन्न पर्छ।त्यसका लागि वायुसेवा निगमले जिम्मेवार भएर काम गर्नु पर्यो।काम गर्दा कहिँ कतै नीतिगत कठिनाइ भएमा मन्त्रालय सदैव सहयोग गर्न तयार छ।’

नेपाल वायु सेवा निगमलाई कसरी सुधार गर्न सकिन्छ ? भन्ने विषयलाई गम्भीरता पूर्वक छलफल गरेका थिए । मन्त्रालयका सचिव गणेश पाण्डेसहितको आन्तरिक छलफलका क्रममा ग्राउन्डेड भएका सिचेकका लागि ईटालि पठाएको न्यारोबडीका विषयमा समेत जानकारी लिएका थिए । साथै उनले छिट्टै चाडपर्व नजिक आईरहेको अवस्थामा टुईनेटर विमानको यथाशिघ्र मर्मत र सम्भार गर्दै दुर्गम क्षेत्रमा सेवा दिन कडा रूपमा निर्देशन समेत दिए ।

मन्त्री पाण्डेले नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिँदै नेपाल वायु सेवाका विभिन्न अन्तर्राष्ट्रिय उडान भर्ने सम्भावनाका विषयमा समेत छलफल गरेका छन् ।

तपाइँको प्रतिक्रिया