बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४८ |सिड्नीको समय: ०२:४८ |काठमाडौंको समय: २२:३३

पशु उद्धार केन्द्रलाई लायन्स क्लब काठमाडौं र लियो क्लब मीनभवनको सहयोग

एएनजेड खबरअगस्ट ८, २०२४

काठमाडौं । लायन्स क्लब काठमाडौं र लियो क्लब मीनभवनले गोकर्णस्थित श्री एनिमल रेस्क्यू नेपाललाई खाद्यन्न सहयोग गरेको छ । बुधबार क्लबका पदाधिकारी एवम सदस्यहरुले संयुक्त रुपमा ४१ हजार पाँचसय रुपैंयाँ बराबरको खाद्यन्न हस्तान्तरण गरेका हुन् ।

क्लबका प्रेसिडेन्ट लायन गोविन्द प्रसाद गौतम, फस्ट भाइस प्रेसिडेन्ट लायन केशव लोचन शर्मा, सेक्रेटरी लायन अपार खड्का, पास्ट प्रेसिडेन्ट लायन नरेश खड्का र लियो क्लब मीनभवनका अध्यक्षसहित चार जना लियो सदस्यहरुको उपस्थितिमा खाद्यन्न हस्तान्तरण गरिएको हो ।

खाद्यन्नका लागि सहयोग गर्नुहुने युके निवासी सुरज खत्री, लायन अपार खड्का, लायन फुरी शेर्पा र लायन गंगा श्रेठलाई संस्थाका तर्फबाट अध्यक्षले धन्यवाद दिए । एनिमल रेस्क्यू नेपालका व्यवस्थापकले घाइते अथवा अपाङ पशु एवम जनावरलाई सहयोग गरिएकोमा आभार प्रकट गरे । हाल संस्थामा उद्धार गरिएका ३७० वटा कुकुर, चारवटा विराला, ६ वटा गोरु रहेको पनि जानकारी गराइयो ।

तपाइँको प्रतिक्रिया