बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:१४ |सिड्नीको समय: ०२:१४ |काठमाडौंको समय: २१:५९

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइयो, छानविन समिति गठन

एएनजेड खबरअगस्ट ८, २०२४

काठमाडौं । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचैजनाको शव दुर्घटनास्थलबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

बुधबार दिउँसो १ः५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर ९सुइरेचौर०मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।

दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। मृतकको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरू हुने भएको छ।

हेलिकप्टर दुर्घटना छानबिनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् । समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको प्रवक्ता गुरुङले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया