बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:२९ |सिड्नीको समय: ०२:२९ |काठमाडौंको समय: २२:१४

पर्यटनको क्षेत्रको विकासका लागि भ्लगरहरुको भूमिका उच्च : मन्त्री पाण्डे

एएनजेड खबरअगस्ट ४, २०२४

काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि खटिरहने उद्घोष गर्नु भएको छ । शनिबार ललितपुको लाबिम मलमा द च्यालेन्र्जस गेम अफ हिमालयजले निर्माण गरेको हिमाल च्यालेन्जर्स शो कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्याएको भन्दै भ्लगरहरुप्रति कृतज्ञता व्यक्त गरे ।

मन्त्री पाण्डेले नेपाल प्रकृतिका हिसाबले सुन्दर मनमोहक रहेको बताउनु हुँदै प्रकृतिको सुन्दर सृष्टिलाई विश्वव्यापी रुपमा निरन्तर प्रचार पसारको आवश्यकता औंल्याए । पर्यटन प्रर्वद्धनमा टेलिभिजन कार्यक्रमले विशेष योगदान पुर्याउनेमा मन्त्री पाण्डेले विश्वास व्यक्त गरे । विभिन्न ६ देशका ११ जना युटुयुबरहरुले सगरमाथा वेश क्याम्प पुगेर उनीहरुको यात्रालाई आधार बनाएर उक्त टीभि सो कार्यक्रम बनाएका थिए ।

प्रति ४० मिनेटका ८वटा कार्यक्रमको अमेरिकन अमोजन प्राइममार्फत रिलिज गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपाली चलचित्र निर्देशक,निर्माता,कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया