मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१८ |सिड्नीको समय: ०५:१८ |काठमाडौंको समय: ०१:०३

नवाज कपको फाइनल खेल अगस्ट ४ तारिख आइतवार हुने

एएनजेड खबरअगस्ट ३, २०२४
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सिड्नी । नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)को २५औं स्थापना दिवसको उपलक्ष्यमा अप्रील २१ तारिखदेखि शुरु भएको नवाज कप फुटबल प्रतियोगिताको फाइनल खेल यहि आइतवार अगस्ट ४ तारिखमा हुने भएको छ । खेल साउथ Horlyck Reserve, Byrnes St, South Granville NSW 2142 मा हुनेछ ।

उक्त फाइनल खेल समुह सी मा रहेको सगरमाथा फुटबल क्लब र समुह बी मा रहेको सेन्ट जोर्ज फुटबल क्लबबीच हुुने भएको छ । भेट्रान फुटबल खेलमा (३५ वर्ष माथिका)माछापुच्छ्रे क्लब र सेन्ट जर्ज फुटबल क्लबबीच हुुने भएको छ । त्यस्तै थर्ड पोजिसनका लागि टिआरजी र फेवा फुटबल क्लवबीच खेल सम्पन्न हुनेछ । अस्ट्रेलियाको सिड्नीको वरपर रहेका करिब १६ वटा नेपाली टोलीको सहभागिता भएको सो प्रतियोगिता लिग कम नक आउटका आधारमा भएको हो ।

सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गरिएको सो नवाज कपको फाइनलमा सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिनुु हुुन समाजका अध्यक्ष चिरन तिवारीले सबैलाई अनुरोध गरेका छन् । प्रतियोगिताका अन्य खेलहरु विहान ८ः३० बजेबाट शुरु हुनेछ भने फाइनल खेल आइतबार १२ः ३० बजेदेखि संचालन हुनेछ ।

प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोलले प्रतियोगिताको विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने बताए । प्रथम हुने टीमलाई २७ सय अष्ट्रेलियन डलर, द्धितिय हुने टीमलाई १२ सय डलर तथा तृतीय हुने टीमलाई ६ सय राशीको पुरस्कार समेत व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया