बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४६ |सिड्नीको समय: ०२:४६ |काठमाडौंको समय: २२:३१

नेपालका भिक्षुलाई थाइल्याण्डमा राजकीय सम्मान

एएनजेड खबरजुलाइ २९, २०२४

काठमाडौं । नेपालका भिक्षु डा.सुगन्ध महास्थवीरले थाइल्याण्डमा विशिष्ट धार्मिक महत्वको राजकीय सम्मान ‘फ्रा ब्रम्हशाक्यवंशविशुद्धी’ प्राप्त गरेका छन् ।

थाइ राजसंस्था र थाई भिक्षु संघले यो पदवी भिक्षु सुगन्धलाई प्रदान गरेका हुन् । थाइ नरेश महावालिरालङ्कनलबाट प्रदान गरिएको यो पदवी पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुन् । यसअघि उनले नै थाई बौद्ध संघको तेस्रो तहको ‘फ्रा धम्माशाक्यवंशविशुद्धी पदवी प्राप्त गरेका थिए ।

चार दशकभन्दा वढी समय थाइल्याण्डमा बसेर बौद्ध धर्म र बुद्ध शासनमा योगदान पुर्याउँदै आएका भिक्षु सुगन्ध थाइल्यान्डको उत्तरी क्षेत्र बौद्ध संघको गर्भनर समेत हुन्। उनले थाई राजसंस्थालाई धार्मिक सरसल्लाह समेत दिँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया