शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: १६:५९ |सिड्नीको समय: १४:५९ |काठमाडौंको समय: ०९:४४

अष्ट्रेलियाका शैक्षिक संस्था विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयको सूचीमा

एएनजेड खबरजुलाइ २६, २०२४

सिड्नी । विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयको सूचीमा अष्ट्रेलियाका चार शैक्षिक संस्थाहरुले शीर्ष २० को सूचीमा आफूलाई आबद्ध गराउन सफल भएका छन् । ‘टाइम्स हायर एजुकेशन’ ले २०२४ का लागि उत्कृष्ट विश्वविद्यालयको सूची बनाएको हो।

उक्त संस्थाले उत्कृष्ट विश्वविद्यालयहरुको सूची बनाउने क्रममा १२५ देशका २ हजार १५२ वटा विश्वविद्यालयहरुको अध्ययन र मूल्यांकन गरेको थियो। संयुक्त राष्ट्र संघले तयार पारेका १७ वटा दिगो विकासका लक्ष्यका आधारमा शैक्षिक संस्थाहरुको श्रेणीकरण गरिएको थियो।

त्यस क्रममा सम्बन्धित संस्थाको समग्र उपलब्धि, प्रभाव तथा संयुक्त राष्ट्र संघद्वारा स्थापित ‘मल्टिपल सस्टेनेबल डेभलपमेन्ट गोल्स’ (एसडीजी) का आधारमा मूल्यांकन गरिएको थियो।

विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयका रुपमा अष्ट्रेलियाको बस्टर्न सिड्नी विश्वविद्यालय परेको छ। यो संस्था लगातार तेस्रो वर्ष सूचीको पहिलो स्थानमा रहन सफल भएको छ। त्यस्तै सूचीको तेस्रो नम्बरमा युनिभर्सिटी अफ तास्मानिया, अष्ट्रेलिया रहेको छ । त्यस्तै आरएमआइटी युनिभर्सिटी पाँचौमा र युएनएसडब्लु सिड्नी, अष्ट्रेलिया सातौं नम्बरमा पर्न सफल भएको छ ।

गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जाका साथै दिगो सहर र समुदायहरुलाई आधार मानेर शैक्षिक संस्थाहरुको मूल्यांकन गरिएको हो ।

तपाइँको प्रतिक्रिया