आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १२:०० |सिड्नीको समय: १०:०० |काठमाडौंको समय: ०५:४५

गड्तौला नेपालमा पहिलो महिला मुख्य सचिव, भदौ १५ गते अवकाश

एएनजेड खबरजुलाइ २६, २०२४

काठमाडौं । सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व गर्ने अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाएकी हुन् । यसअघि उनी कायमुकायम मुख्य सचिव थिइन् ।

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा तानेपछि वरिष्ठताका आधारमा उनी कामु मुख्यसचिव बनेकी थिइन् । उनी सचिव पदमा २०७७ साल कात्तिक २७ गते बढुवा भएकी थिइन् ।

५८ वर्षे उमेरहदले उनी यही भदौ १५ सेवानिवृत्त हुनेछिन् । २०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मनुभएकी गड्तौला सरकारी सेवामा २०५२ पुसमा कानुन सेवाको शाखा अधिकृत हुँदै प्रवेश गरेकी हुन् । गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । उनले उमेर हदका कारण अवकाश लिँदैछिन् ।

तपाइँको प्रतिक्रिया