शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४२ |सिड्नीको समय: ०७:४२ |काठमाडौंको समय: ०३:२७

पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

एएनजेड खबरजुलाइ २४, २०२४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालस्थित अमेरिकी राजदूत डिआर थम्सनले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार उनीहरूबीच छलफल भएको हो।

भेटवार्ताका क्रममा राजदूत थम्सनले पर्यटनमन्त्री पाण्डेलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। दुई पक्षबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा पनि छलफल भएको थियो।

तपाइँको प्रतिक्रिया