शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०१ |सिड्नीको समय: ०८:०१ |काठमाडौंको समय: ०३:४६

चुनावी दौडबाट बाहिरिएका बाइडेनले कमला ह्यारिस समर्थन गर्ने

एएनजेड खबरजुलाइ २२, २०२४

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने प्रस्तावसहित बाइडेनले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्न कमला ह्यारिस सक्षम रहेको भन्दै बाइडेनले कमलाले अमेरिकाको इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोना संक्रमणका कारण अस्वस्थरहेका बाइडेनको चौतर्फी आलोचना भएपछि चुनावी दौडबाट उनी पछि हट्न बाध्य भएका हुन् ।

आफुले उम्मेदवार नबन्ने घोाषणासहित सामाजिक सञ्जालमा बाइडेनले अमेरिकी राष्ट्रपति पदको मनोनयन स्वीकार नगर्ने र राष्ट्रपतिको रुपमा बाँकी कार्यकाल आफनो पार्टीले नै सम्हाल्ने उल्लेख गरेका छन् ।

सन् २०२० मा उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसलाई चयन गर्ने आफनो इच्छा पुरा भएजस्तै राष्ट्रपतिमा पनि उनीनै चयन हुने बिश्वास आफुलाई लागेको बाइडेनको भनाइ छ ।

बाइडेन राष्ट्रपति बन्न लायक नभएको भन्दै आलोचना गर्दै आउनु भएका अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने बाइडेनको घोषणाले केही राहत मिलेको छ ।

तपाइँको प्रतिक्रिया