शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२७ |सिड्नीको समय: ०७:२७ |काठमाडौंको समय: ०३:१२

विश्वका सबैभन्दा बस्न योग्य सहरहरुको सूचीमा मेलबर्न र सिड्नी समेटिए

एएनजेड खबरजुलाइ २१, २०२४

सिड्नी । विश्वका सबैभन्दा बस्न योग्य सहरहरुको सूचीमा अष्ट्रेलियाका मेलबर्न र सिड्नी समेटिएका छन् । हालै जारी गरिएको एक रिपोर्टमा विश्वका सबैभन्दा बस्न योग्य सहरको सूचीमा दुई सहर पनि परेका हुन्।

स्थिरता, स्वास्थ्य सेवा, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधार लगायतका क्षेत्रका आधारमा सहरहरुको हरेक वर्ष मूल्यांकन गरी श्रेणीबद्ध गरिएको छ । ‘इकोनोमिक इन्टेलिजेन्स युनिट‘ (इआइयु) ले विश्वका सबैभन्दा बस्न योग्य सहरहरुबारे विवरण समेटिएको वर्षिक रिपोर्ट जारी गरेको हो।

उक्त सूचीमा यो वर्ष भियना र कोपेनहेगनले क्रमशः पहिलो र दोस्रो स्थान लिएका छन्। ती सहर शीर्ष दुई स्थानमा रहेको यो लगातार तेस्रो वर्ष हो।

सूचीमा समेटिएका चार एसिया प्रशान्त सहरहरू मेलबर्न र सिड्नी, जापानको ओसाका र न्यूजिल्याण्डको अकल्यान्ड यस वर्ष विश्वका शीर्ष १० सबैभन्दा बस्न योग्य सहरहरूमा समेटिएका हुन् । अष्ट्रेलियाका सहरहरूमध्ये धेरैमा आवास संकटले गर्दा सूचीकरणमा असहज भएको जनाइएको छ ।

सहरहरुको मूल्यांकन गर्ने विभिन्न पाँचवटा मापदण्डमा आधारित प्रक्रिया छ। ती मापदण्डका आधारमा सहरहरुलाई अंक दिइन्छ। सबैभन्दा बढी अंक ल्याउने शीर्ष स्थानमा रहन्छ। कम ल्याउने क्रमशः त्यसभन्दा तल रहन्छन्।

मापदण्डहरुमा स्थिरता (साना अपराहहरुको अवस्था, हिंसात्मक अपराध, आतंकको खतरा, सैन्य द्वन्द्व आदि), स्वास्थ्य सेवा (निजी र सार्वजनिक स्वास्थ्य सेवाको उपलब्धता र गुणस्तर), औषधिहरुको उपलब्धता, संस्कृति र वातावरण, भ्रष्टाचार र सेन्सरसिपको स्तर छन्।

यसैगरी, उपभोक्ता वस्तुहरु र सेवाहरु, शिक्षा (निजी शिक्षाको उपलब्धता र गुणस्तर), पूर्वाधार (सडक सञ्जालको गुणस्तर, सार्वजनिक यातायात), पानीको आपूर्ति, ऊर्जाको आपूर्ति, दूरसञ्चार, राम्रो आवासको उपलब्धतालाई पनि सहरहरुको मूल्यांकनको आधार बनाइएको छ।

तपाइँको प्रतिक्रिया