शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५७ |सिड्नीको समय: ०७:५७ |काठमाडौंको समय: ०३:४२

बालेनको पुत्ला जलाइयो

एएनजेड खबरजुलाइ २०, २०२४

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार साँझ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाएका छन् ।

शुक्रबार दिउँसो महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर पठाएपछि विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल भएको हो ।

तपाइँको प्रतिक्रिया