शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३० |सिड्नीको समय: ०७:३० |काठमाडौंको समय: ०३:१५

शान्ति सेनामा हालसम्म ७३ जना नेपाली सैनिकको मृत्यु, ६८ घाइते

एएनजेड खबरजुलाइ २०, २०२४

काठमाडौं । शान्ति स्थापनाको क्रममा हालसम्म विभिन्न देशमा खटिएका ७३ जना नेपाली शान्ति सैनिकको मृत्यु भएको छ। ६८ जना नेपाली शान्ति सैनिक घाइते भएका छन्।

विश्वका ११ वटा शान्ति मिसनमा हाल ५ हजार ९१६ जना शान्ति सैनिक तैनाथ रहेको शान्ति कार्य निर्देशक सहायक रथी प्रेमबहादुर पुनले जानकारी दिए।

सैनिक मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म २ हजार ७०७ जना नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको रूपमा कार्य सम्पन्न गरिसकेको उनले जानकारी दिए।

हाल ६७४ नेपाली महिला शान्ति सैनिकहरू संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनहरूमा सहभागी भएका छन्। शान्ति सेनामा महिला सैनिकहरूको योगदानमा सङ्ख्यात्मक हिसाबले नेपाल पहिलो स्थानमा रहेको सहायक रथी पुनले बताए।

हालसम्म १ लाख ५२ हजार ८१८ जना नेपाली शान्ति सैनिकहरूले संसारभरका विभिन्न ४४ वटा शान्ति मिसनहरूमा सहभागिता जनाएका छन्। नेपाली सेनाले विगत एक वर्ष १५८ वटा शङ्कास्पद विस्फोटक पदार्थ नष्ट गरेको पनि जनाएको छ।

तपाइँको प्रतिक्रिया