शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०३ |सिड्नीको समय: ०८:०३ |काठमाडौंको समय: ०३:४८

अस्ट्रेलियामा रोजगारीका अवसरहरु कम हुँदै गएको विश्लेषण

एएनजेड खबरजुलाइ १६, २०२४

सिड्नी । बढदो मंहगी र दुईवटा काम गर्ने कामदारको संख्या बढेका कारण अस्ट्रेलियामा रोजगारीका अवसरहरु कम हुँदै गएका छन् । नव आप्रवासीको संख्या बढ्दै जाँदा जागिरका लागि खुल्ने विज्ञापन भन्दा रोजगारीका लागि दिईने आवेदनको संख्या बढेको तथ्यांकले देखाएको छ ।

अर्थतन्त्र र रोजगारीका विषयमा अध्ययन विश्लेषण गर्दै आएका केही निकायहरुले अस्ट्रेलियाको रोजगारी बजार संकट उन्मुख रहेको देखाएका छन् । म्याक्रो विजनेश डटकम डटएयुले गरेको विश्लेषणमा रोजगारीका लागि आवेदन दिनेको संख्या १७.१ प्रतिशतले बढेको छ । अवसरहरु कम हुँदै जान थालेको तर प्रतिस्पर्धा तीब्र भएको विश्लेषमा उल्लेख छ ।

बेरोजगारीको संख्या गतबर्ष भन्दा दुई लाखले बढेको बताइएको छ । अस्ट्रेलियाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, १.७ मिलियन सर्वसाधारण कामको खोजीमा रहेको जनाएको छ । करिब १७ लाख मानिसले पूर्णकालिन काम पाउन नसकेको तथ्यांक छ ।

तपाइँको प्रतिक्रिया