शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५१ |सिड्नीको समय: ०७:५१ |काठमाडौंको समय: ०३:३६

नेपालका लागि अष्ट्रेलियन राजदूत परिवर्तन : क्यानबेरामा स्वागत, नेपालमा विदाइका पुष्पगुच्छा

एएनजेड खबरजुलाइ १४, २०२४

काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।

सन् २०२१ मा भोल्कलाई अस्ट्रेलियाले राजदूतको रूपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न बिदाइ कार्यक्रमहरू सरिक भइरहेकी छिन् ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अस्ट्रेलियन राजदूतको रूपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

हालैमात्र नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो । उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।

उता, क्यानबेरामा रहेको नेपाली दूतावासमा जोन्स्टनका लागि स्वागत समारोहको आयोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए ।

तपाइँको प्रतिक्रिया