शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३२ |सिड्नीको समय: ०७:३२ |काठमाडौंको समय: ०३:१७

ओली प्रधानमन्त्री बन्ने तयारीमा

एएनजेड खबरजुलाइ १३, २०२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि यो आह्वान भएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका राष्ट्रपतिले लागि आह्वान गरेका हुन् ।

दाबी पेश गर्न असार ३० गते आइतबार अपरान्ह ५ बजेसम्मको समय दिइएको छ । दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन्।

तपाइँको प्रतिक्रिया