शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:०९ |सिड्नीको समय: १०:०९ |काठमाडौंको समय: ०५:५४

नेपालका लागि अष्ट्रेलियन राजदूत नयाँ आउने, भोल्क चाँडै स्वदेश फर्किने

एएनजेड खबरजुलाइ ७, २०२४

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टन आउने भएकी छिन् । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले जोन्स्टनलाई नियुक्त गरिएको जानकारी दिएकी छिन् ।

वाङले जोन्स्टनलाई नेपालको राजदूत नियुक्त गरेको जानकारी दिएकी हुन् । सन् २०२१ मा फेलिसिटी भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थियो । उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

राजदूतको रुपमा नेपाल आउन लागेकी जोन्स्टन डिप्लोम्याट नै हुन् । उनी यसअघि नाईजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त थिइन् । उनले त्यसअघि फिजी, फ्रान्स, स्पेन, अफगानिस्तान, केन्या, स्वीडेन, जर्मनी, टर्की र न्यूजिल्याण्डमा समेत काम गरिसकेकी छिन् ।

तपाइँको प्रतिक्रिया