शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:०३ |सिड्नीको समय: १०:०३ |काठमाडौंको समय: ०५:४८

एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने

एएनजेड खबरजुलाइ ४, २०२४

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धी भएको सम्झौतालाई कार्यान्वयनमा लैजानका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमालेबाट वर्तमान सरकारमा मन्त्री रहनुभएकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएर समर्थन फिर्ता गरिएको पत्र समेत प्रधानमन्त्रीलाई दिने निर्णय भएको छ ।

साथै आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुन लागेको राष्ट्रिय सरकार निर्माणमा पदबाट राजीनामा दिएर सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय समेत भएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया