शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५५ |सिड्नीको समय: ०९:५५ |काठमाडौंको समय: ०५:४०

बादलका छोरा प्रतीक थापा पूर्पक्षका लागि थुनामा

एएनजेड खबरजुलाइ ३, २०२४

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।

यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

लामो समयसम्म फरार थापालाई प्रहरीले पक्राउ गरे लगत्तै प्रक्रिया अगाडि बढाएको थियो ।

तपाइँको प्रतिक्रिया