शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५७ |सिड्नीको समय: ०९:५७ |काठमाडौंको समय: ०५:४२

करण परियारलाई ओलीको सारङ्गी र प्रचण्डको गिटार

एएनजेड खबरजुलाइ १, २०२४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आइतबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा बोलाएर करणलाई बधाई दिनुको साथै सारङ्गी उपहार दिएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि करणलाई बालुवाटारमा बोलाएर सम्मान गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले करणलाई गितार उपहार दिएका थिए ।

करणलाई बधाई दिएका ओलीले फेशबुकमा लेखेका छन्–‘समय पाएका बेला मैले करण परियारको सुमधूर गायन सुनेको थिएँ। नेपाल आइडल सिजन ९ ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ। आज भेट भयो, खुसी लाग्यो। फेरि पनि बधाई करण१’

तपाइँको प्रतिक्रिया