शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:४८ |सिड्नीको समय: ०९:४८ |काठमाडौंको समय: ०५:३३

अष्ट्रेलियामा आर्थिक बर्षबाट कामदारको तलब बृद्धि हुने

एएनजेड खबरजुन ३०, २०२४

सिड्नी । अष्ट्रेलियामा आर्थिक बर्षबाट कामदारको तलब बृद्धि हुने निश्चित भएको छ । जुलाई १ बाट नयाँ आर्थिक बर्ष सुरु हुने भएकाले सोही दिनबाट तलब बृद्धि गर्ने सरकारले जनाएको छ ।

आर्थिक बर्षबाट कामदारको तलब ३.७५ प्रतिशतले बढाउने घोषणा गरिसकेको छ । यससँगै यहाँको न्यूनतम तलब प्रतिघण्टा २३.२३ डलर कायम भएको छ ।

सरकारको यहि घोषणाले सार्वजनिक तथा नीजि क्षेत्रका लाखौँ कामदार प्रत्यक्ष लाभाविन्त हुनेछन् । सरकारले आर्थिक बर्षसँगै थ्री स्टेज ट्याक्स कटको नीति कार्यान्वयनमा ल्याउने भएको छ, जसले मध्यम आय भएकाहरुलाई ठुलो राहत महसुस हुने दाबी गरिएको छ । यसबर्ष सर्वसाधारणले गत बर्ष भन्दा २० देखि ५० प्रतिशतसम्म धेरै ट्याक्स रिर्टन पाउनेछन् ।

सरकारका अर्थमन्त्री जिम चाल्मरले परिवर्तित ट्याक्स नीतिका कारण महँगी मार खेपिरहेका सर्वसाधारणलाई धेरै राहत हुने बताएका छन् ।

तपाइँको प्रतिक्रिया