शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:४७ |सिड्नीको समय: ०९:४७ |काठमाडौंको समय: ०५:३२

सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

एएनजेड खबरजुन २४, २०२४

काठमाडौं । नेकपा एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहति ८ देशमा राजदूत सिफारिस गरेको थियो । तर, उनले आफूसँग कुनैपनि सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु ।”

प्याकुरेलले आजै प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाउँदै राजदूत पद अस्वीकार गरेको जानकारी गराएका छन् । उनी यसअघि तत्काली राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार थिए । तत्कालीन नेकपाको सरकारले अग्नि सापकोटालाई सभामुख बनाएपछि असन्तुष्टि जनाउँदै उनले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका छन् ।

तपाइँको प्रतिक्रिया