शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५७ |सिड्नीको समय: ०९:५७ |काठमाडौंको समय: ०५:४२

विदेशमा तीन हजार ९९८ जना नेपालीले ज्यान गुमाए, दुई अर्ब ९ करोड सरकारी खर्च

एएनजेड खबरजुन २४, २०२४

काठमाडौं । तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका तीन हजार ९९८ जनाले ज्यान गुमाएका छन् । प्रतिनिधि सभामा आइतबार बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तीन वर्षको अवधिमा तीन हजार ९९८ जनाले ज्यान गुमाएको तथ्यांक पेश गरेका छन् ।

त्यस्तै सोही अवधिमा एक हजार २०७ जना अंगभंग भएको पनि मन्त्री अर्यालले जानकारी दिए ।

“वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८।०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये तीन हजार ९९८ को निधन तथा एक हजार २०७ जना अंगभंग भएका छन्,” उनले भने ।

मन्त्री अर्यालका अनुसार सरकारले मृतकका आफन्त र अंगभंग भएकाहरूका लागि दुई अर्ब ९ करोड ४६ लाख २२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

तपाइँको प्रतिक्रिया