शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५८ |सिड्नीको समय: ०९:५८ |काठमाडौंको समय: ०५:४३

इटहरीमा ‘एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर’को तयारी, यूजल्याण्ड र अष्ट्रेलियामा प्रतिनिधि सहभागी हुने

एएनजेड खबरजुन २२, २०२४

काठमाडौं । सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले आगामी असार ९ गते बृहत् ‘एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । नेपालका प्रमुख सहरहरू लगायत विश्वका १३ देशका ५० भन्दा बढी शाखाहरूबाट सेवा सञ्चालन गरिरहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै बृहत् एजुकेसन फेयर गर्ने भएको हो ।

एजुकेसन फेयरमा युके र न्युजल्यान्डलाई फोकस गरिएको छ । नेपाली बिद्यार्थीहरूको रोजाई पछिल्लो समय युके र न्यूजल्याण्ड पर्न थालेपछि एक्सपर्टले त्यस क्षेत्रका युनिभर्सिटीहरूसँग सहकार्य गरी बिद्यार्थीहरूलाइ प्रोत्साहन तथा परामर्श दिन इटहरीमा बृहत् एजुकेसन फेयर गर्न लागेको हो ।

पछिल्लो समय युके र न्युजल्यान्डमा गुणस्तरीय शिक्षा, भिसा प्रोसेसिङका लागि सरल र अध्ययन सकी सकेपछि पोस्ट स्टडी वर्क तथा इन्टर्नसिप जस्ता कार्यक्रम रहेको हुँदा नेपाली विद्यार्थीहरू आकर्षित रहेका छन् । यसैलाई मध्यनजर गर्दै दुवै देशका टप कलेज एव युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्तालाप हुने गरी बृहत् एजुकेसन फेयर गर्न लागिएको एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस इटहरी शाखाका प्रबन्ध निर्देशक कमल तिम्सिनाले बताए ।

युके र न्युजल्यान्डमा भिसा प्रोसेसिङका लागि पोइन्ट बेस सिस्टम भएको हुँदा पनि धेरै सहज हुने भएकाले नेपाली विद्यार्थीहरूले वर्तमान समयमा यिनै देश रोज्ने गरेको एस्पर्टका बिजनेस डेभलोप्मेन्ट अफिसर प्रज्वलप्रताप केसीले बताए । वृहत् एजुकेसन फेयरबाट इटहरी र आसपासका करिब एक हजार विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ ।

एजुकेसन फेयरमा युके , न्युजल्यान्डसहित अस्ट्रेलिया , क्यानडा , अमेरिकालगायत रहेका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूका विशेष उपस्थिति रहने र नेपाली विद्यार्थीहरूले उनीहरूसँग प्रत्यक्ष रूपमा वार्तालाप गरी ती देशहरूबाट लिन सक्ने लाभका बारेमा बुझ्न सक्ने बताइएको छ ।

विभिन्न देशहरूबाट आएका प्रतिनिधिहरूले त्यस देशको विद्यमान कानुन, अध्ययनका क्षेत्र एव विषय वस्तु , भाषा , दैनिक कामकाज लगायतका विषयमा नेपाली बिद्यार्थीहरूसंग छलफल एव बृहत् अन्तरक्रिया गर्ने जनाइएको छ । एक्सपर्टको इटहरी शाखाले एक दशक भन्दा बढी समय देखि यस क्षेत्रमा आफ्नो सेवा पुर्याउँदै विद्यार्थीलाई अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशहरूमा शैक्षिक अध्ययनका लागि सहजिकरण गदै आइरहेको छ।

तपाइँको प्रतिक्रिया