शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:३१ |सिड्नीको समय: १२:३१ |काठमाडौंको समय: ०८:१६

अष्ट्रेलियाली राजदूत र डा.गुरुङले सार्वजनिक गरे ‘आँखालाई माया गर्नुहोस्’

एएनजेड खबरजुन १९, २०२४

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्गले ‘आँखालाई माया गर्नुहोस्न’ नामक पुस्तिका सार्वजनिक गरेका छन् । पुस्तिका बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक छ ।

अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछन् ।

एक हजार प्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा.फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको बारे समेत जान्न पाउँनेछन् ।

दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा राखिएको तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङले बताइन् ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत भोल्कका अनुसार सन् १९९० को दशकको प्रारम्भदेखि नै स्वर्गीय डा.फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवद्र्धन गर्न सहयोग पुर्याउने आशा गरिएको छ ।

तपाइँको प्रतिक्रिया