शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:२८ |सिड्नीको समय: १२:२८ |काठमाडौंको समय: ०८:१३

राष्ट्रपति पौडेललाई बर्लिनमा जर्मनको गार्ड अफ अनरको सम्मान

एएनजेड खबरजुन १८, २०२४

बर्लिन । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्धीपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आएका हुन् ।

पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवालोकन गरेका थिए ।

तपाइँको प्रतिक्रिया