मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१९ |सिड्नीको समय: ०५:१९ |काठमाडौंको समय: ०१:०४

‘बोक्सीको घर’ले काठमाडौंमा ५१ दिन मनाउँदा अष्ट्रेलियामा केक काटियो

एएनजेड खबरजुन १८, २०२४

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ले काठमाडौंको रन्जना सिनेमा हलमा ५१ दिन मनाउँदा अष्ट्रेलियामा केक काटेर खुशीयाली मनाइएको छ ।

नायिका केकी अधिकारीद्धारा निर्माण गरिएको चलचित्र अष्ट्रेलिया भ्रमणमा रहेकी उक्त चलचित्र निर्माण गर्ने नायिका केकी अधिकारीले एडिलेडको रिगल थेएटरमा आयोजित चलचित्रको प्रदर्शनपछि केक काटेर खुशी साटेकी हुन् । उनी अष्ट्रेलिया भ्रमणमा छिन् ।

झण्डै तिन समय दर्शकहरुसहितको रेड कार्पेट शो मा सहभागी हुँदै नायिका अधिकारीले दर्शकहरुको मायाका लागि धन्यवाद गरेकी थिईन । दोस्रो सिक्वेल निमार्णका सन्दर्भमा हालसम्म औपचारिक निर्णयमा पुगि नसकेको बताइन।

सुलक्षण भारतीको निर्देशन रहेको चलचित्रमा नेपाली समाजमा रहेको बाल बिबाह र बोक्सी प्रथाका बारेमा उजागर गर्ने प्रयास गरिएको छ। रेड कार्पेट शो नेपालबाट पुगेका अभिभावकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

प्रकाश सपुतको रचना, संगित र समिक्षा अधिकारीको स्वरमा रहेको ‘बुझिन मैले’ गितले दर्शकमाझ लोकप्रिय छ ।

तपाइँको प्रतिक्रिया