शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:५० |सिड्नीको समय: १२:५० |काठमाडौंको समय: ०८:३५

कुवेतमा स्वदेश फर्कनका लागि ३५ हजार बढीले दिए निवेदन

एएनजेड खबरजुन १७, २०२४

काठमाडौं । कुवेतले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासीलाई देश छाड्न वा आफ्नो स्थिति अपडेट गर्न दिएको तीन महिनाको म्याद सकिएपछि पुनः थप गरेको छ ।

तीन महिनाको भिसा ‘एम्नेस्टी’ आइतबार सकिएको छ पनि यस अवधिलाई पुनः लम्ब्याएर ३० जुनसम्म पुर्याएको कुवेतको गृह मन्त्रालयले जनाएको छ । तीन महिनाको अवधिमा स्वदेश फर्कनका लागि ३५ हजार बढीले निवेदन दिएका छन् ।

अझै समय थप गरेकाले यस समयमा कुवेतमा गैरकानुनी रूपमा बस्नेहरूले बिनाकागजात र जरिमाना देश छोड्न सक्छन् । कुवेतको गृह, उपप्रधान तथा रक्षा एवं आन्तरिक मामिलामन्त्री फहाद अल युसेफको निर्देशनमा यो म्याद थपिएको हो ।

यो ईद अल अजहाको आधिकारिक बिदाको साथमा आएको र रेसिडेन्सी कानुनको उल्लंघन गर्ने आप्रवासीहरू जो देश छोड्न वा आफ्नो स्थिति समायोजन गर्न चाहनेहरूका लागि म्याद थपिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जरिमाना तिर्न नसक्ने जो कोही स्वतन्त्र रूपमा र बिनाजरिमाना अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत देशबाहिर जान सक्छन् । मन्त्रालयले जरिमाना नतिरी कुवेत छाडेर गएका व्यक्तिहरूले नयाँ प्रक्रिया अपनाएमा पछिको मितिमा स्वदेश फर्किन पाउने बताएको छ । उल्लंघन गर्नेहरूलाई जरिमाना तिरेर त्यसलाई नियमन गर्ने नियन्त्रण र प्रक्रियानुसार आफ्नो स्थिति परिमार्जन गर्न अनुमति दिएको छ ।

तपाइँको प्रतिक्रिया