मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१३ |सिड्नीको समय: ०५:१३ |काठमाडौंको समय: ००:५८

चर्चामा ‘अष्ट्रेलियाको टोनु दाई’, कठिन जीवन संघर्षको कथा

एएनजेड खबरजुन १६, २०२४

काठमाडौं । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अधिवक्ता टोनु घोथानेको जीवन संघर्षमा आधारित गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक भएपछि त्यसले राम्रो तारिफ कमाइरहेको छ ।

गीतमा स्वर, शब्द र संगीत प्रमोद निर्वानको र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । गीतको म्युजिक भिडिओ हाइलाइटस नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

घोथाने लामो समयदेखि अष्ट्रेलियामा रहेर कानुन व्यवसायमा संलग्न छन् । उनी त्यहाँ रहेका नेपालीहरुको सेवामा समेत समर्पित छन् । अष्ट्रेलिया अध्ययनका लागि गएका विद्यार्थीहरुलाई आइपरेका विभिन्न समस्याहरुमा उनले ठूलो योगदान गर्दै आइरहेका छन् ।

भिडियोमा बाल्यकालमा भकभकाउने समस्या हुँदाहुँदै पनि वकिल बन्ने लक्ष्य राखेर अघि बढेको किशोरले प्राप्त गरेको सफलता चित्रित छ । गीत रक जनरामा गाइएको छ ।

युवराज वाईबाले निर्देशन गरेको भिडियोमा टोनु घाताने र इशान गुरुङको अभिनय देख्न सकिन्छ । घातानेको जीवनका उतारचढाव र कर्मप्रतिको निरन्तरता देखाउन खोजिएको छ ।

https://youtube.com/watch?v=CkRsD5XW1JM%3Fsi%3DDjD3ChrDD_1N4DHO

तपाइँको प्रतिक्रिया