शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १६:३५ |सिड्नीको समय: १४:३५ |काठमाडौंको समय: १०:२०

नयाँ कीर्तिमान बनाउने तयारीमा रहेका नरेन्द्र मोदीले दिए राजीनामा

एएनजेड खबरजुन ६, २०२४

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रिपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् । यस राजीनामासँगै सन् २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनको लागि मार्ग प्रशस्त गर्नेछ ।

राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्री परिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिएकी छिन् ।

राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्री परिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा जुन १६ मा कार्यकाल समाप्त हुने मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरिएको छ ।

स्रोतका अनुसार तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल–युनाइटेड (जेडीयू) को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार गठन र प्रधानमन्त्रीको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।

लोकसभा निर्वाचनमा मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ। ५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ। उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै मोदीलेलगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ। यसअघि यो कीर्तिमान जवाहरलाल नेहरूका नाममा थियो। मोदीले उक्त कीर्तिमान बराबरी गर्नेछन्।

तपाइँको प्रतिक्रिया