शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १६:२४ |सिड्नीको समय: १४:२४ |काठमाडौंको समय: १०:०९

कर्णालीको विकास र समृद्धिका लागि कांग्रेसले पहल गर्छ : डा. संग्रौला

एएनजेड खबरजुन २, २०२४

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आफूलाई कर्णाणी प्रदेशको कथा राम्रोसँग जानकारी भएको बताएकी छन् ।कर्णाली बिकासको मूलप्रवाहमा जोडिन नसकेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यसलाई प्राथमिकतामा राखेको बताइन ।

हुम्ला, जुम्लाका महिलाका कथाहरु आफूलाई राम्रोसँग थाहा भएको दावी गर्दै संग्रौलाले कर्णालीबासीको विकास र समृद्धिका लागि कांग्रेसले पहल गर्ने आश्वासन दिइन ।

कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘कर्णालीमा समस्याहरु पनि छन्, चुनौतीहरु पनि छन्, साथसाथै सम्भावना पनि छन् । कर्णाली विकासको मुलधारबाट परेकै छैन । मूलधारबाट उज्यालोतर्फ लैजानका लागि कांग्रेसले पहल गर्छ । उज्यालो कर्णालीका लागि हामीले यात्रा तय गरिसकेका छौं ।’

‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । कांग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, कांग्रेस कहिले भावनामा होला,’ संग्रौलाले भनिन्, ‘जहाँ भए पनि कांग्रेस जनसवाल र जनताको केन्द्रविन्दु बन्नैपर्छ ।’ कांग्रेस जनताको केन्दविन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्नेपनि बताइन् ।

जनताको केन्द्रविन्दु बन्न सकेन भने २१ औँ शताव्दिको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन् ।

तपाइँको प्रतिक्रिया