नेपालका सम्पदा संरक्षणमा अष्ट्रेयाली राजदुत भोल्कको आब्हान : सहकार्य र लगानी गरौं
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलीसिटी भोल्कले चोरीएका सम्पदाहरुलाई पुनर्स्थापना गर्न सहकार्य आवश्यक भएको बताएकी छिन् । त्यसका लागि देश सरकार र समुदायहरुबीच सहकार्य हुनुपर्ने बताइन । ललितपुरमा यहि २०८१ जेष्ठ १३–१४ मा आयोजित राष्ट्रिय सम्पदा पुनर्स्थापनाको लागि राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टीम वाट्स, एमपि ले गत बर्ष गर्नुभएको नेपाल भ्रमणको अवसरमा पाटनस्थित तेह्रौं शताव्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरे पश्चातको सन्दर्भमा अष्ट्रेलियाली दुतावासले उक्त दुई दिने सम्मेलन गर्न आर्थिक सहयोग प्रदान गरेको हो ।
अष्ट्रेलियाली सरकाले उक्त सम्मेलनमा सहभागि हुन र सम्पदा पुनर्स्थापनामा अष्ट्रेलियाली अनुभवका बारेमा जानकारी दिन अष्ट्रेलिया स्थित आर्ट ग्यालरी न्यू साउथ वेल्सको एयियाली कलाका सिनियर क्यूरेटर मेलानी ईष्टवर्नलाई आर्थिक सहयोग गरेको थियो ।
नेपालको पुरातत्व विभाग र नेपाल सम्पदा पुनर्स्थापना अभियानको संयुक्त आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्दै राजदुत भोल्कले सबै सरकारहरुले सम्पदाहरुको अभिलेख राख्ने, चोरी भएका सम्पदाहरुको पहिचान गर्ने र त्यस्ता सम्पदाहरु पुनर्स्थापना गर्ने जिम्मेबारी भएका संस्थाहरुलाई पर्याप्त साधन स्रोतको ब्यवस्था गर्न आब्हान गरिन ।
“सबै सरकारहरुलाई स्थानिय समुदायहरुलाई हाल भएका र फिर्ता भएका सम्पदाहरुको सुरक्षा गर्न आवश्यक श्रोत साधनको ब्यवस्था गर्न अनुरोध गर्दछु । सबैले जवाफदेहिता र कानुनी व्यवस्था लागु गर्न, संस्कृतिको विकास गर्न थप लगानी गर्नुपर्छ,’ उनले भनिन ।
राजदुत भोल्कले नेपाल सम्पदा पुनर्स्थापना अभियानले अर्को बर्ष नेपालमा गर्ने योजना भएको सम्पदा पुनर्स्थापना सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको लागि आधारको रुपमा जारी गरेको ललितपुर घोषणापत्रको स्वागत गरिन ।
घोषणापत्रले नेपाल सरकालाई आफ्नो परराष्ट्रिय सहकार्यको मुख्य अंगको रुपमा सम्पदा कुटनीतिको अवधारणा बिकास गर्न र यसमा नेतृत्व लिएर सम्पदा पुनर्स्थापना अभियाना विश्वव्यापी अभियानलाई अघि बढाउन आब्हान गरेको छ ।
सम्पदालाई समुदायमा फिर्ता गर्दाको अनुभव शिर्षकको छलफलमा अष्ट्रेलिया स्थित आर्ट ग्यालरी न्यू साउथ वेल्सको एयियाली कलाका सिनियर क्यूरेटर मेलानी ईष्टवर्नले यो सम्मेलनमा यक्षी टुँडाल गत बर्ष अष्ट्रेलियाबाट नेपाल फिर्ता ल्याउन आफुले गरेका कामहरुका बारेमा बताएक थिए ।
तपाइँको प्रतिक्रिया