मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:२५ |सिड्नीको समय: ०५:२५ |काठमाडौंको समय: ०१:१०

न्युजिल्याण्डमा धुमधाम मनाइयो एभरेष्ट डे, हिलारीका छोराले गरे नेपालको तारिफ

एएनजेड खबरमे २८, २०२४

सिड्नी । मे २९ तारिख विश्व एभरेष्ट डे मनाउने चलन छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला राखेको दिनलाई एभरेष्ट डेका रुपमा मनाइँदै आएको छ । डायस्पोरामा यस दिनले विशेष अर्थ राख्ने गर्छ ।

सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा मानव पाइला राखेका थिए । त्यसैले न्युजल्याण्डमा एभरेष्ट डेलाई विशेष रुपमा मनाइदै आएको छ ।

यसबर्ष पनि न्युजिल्याण्डको अकल्याण्ड र ईन्भर्कार्गिलमा यहि मे २५ तारिख शनिवार विशेष कार्यक्रम गरि हिलारी र नोर्गेलाई स्मरण गरियो र सम्मान प्रकट गरियो । एनआरएनएनए न्युजिल्याण्डको आयोजना र न्युजिल्याण्डस्थित नेपाली कन्सुलर कार्यालय ,क्यानबेरास्थित नेपाली राजदुतावास र द हिमालयन ट्रस्टको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।

समारोहमा अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले नेपालको शान र गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ७१ औं बर्ष पुगेको अवसरमा यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने बताए । उनले नेपाल र न्युजिल्याण्डको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुनेमा खुशी व्यक्त गरे ।

एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले नेपालको बैदेशिक मुद्राको प्रमुख स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको समग्र बिकास गर्न पर्बतारोहणको क्षेत्रमा विद्यमान नीति एवम कानुनलाई सरल र सहज बनाउनु पर्ने बताए ।

लेवर पार्टीका सांसद हेलेन ह्वाईट ,एसीटी पार्टीका सांसद डा.प्रम्जित परामरले प्राकृतिक सौन्दर्यताले भरिएको नेपालको बिकासमा पर्यटन प्रबर्धनले ठुलो योगदान पुर्याउने बताए । उनले नेपालको दिगो बिकास र सम्बृद्धिका लागिआफुहरुको साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे ।

द हिमालयन ट्रस्टका अध्यक्ष एबम सगरमाथा आरोही पिटर हिलारी(एडमण्ड हिलारीको छोरा ) ले नेपाल जति प्राकृतिक रुपमा सुन्दर छ त्यतिनै नेपालीहरुको मन र व्यबहार सुन्दर रहेको उल्लेख गरे । उनले सगरमाथा र हिमाली क्षेत्रको आकर्षण र सुन्दरतालाई जोगाउन आफुहरुले प्रयास गरिरहेको बताए । कार्यक्रममा माउण्ट एभरेस्ट , ट्रेकिङ्ग र पर्बतारोहणसंग समन्धित डकुमेन्ट्रीहरु देखाईएको थियो ।

तपाइँको प्रतिक्रिया